पाँच महिनामा अन्तर बैंक कारोबार १६ खर्ब ५३ अर्बभन्दा बढी काठमाडौं, माघ ९। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा १६खर्ब ५३अर्ब ८६करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार उक्त अवधिमा वाणिज्य बैंकहरुको १५खर्ब २६करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको १खर्ब ५३अर्ब ६०करोड रुपैयाँको अन्तर–बैंक कारोबार गरेका थिए। अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र वित्तीय संस्थाहरुले १४खर्ब १९अर्ब ८०करोड रुपैयाँको अन्तर बैंक कारोबार गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्