आठ हजार वर्ष पहिलादेखि मानिसले दूध पिउन सुरु गरे, त्यसपछि उचाइ बढ्योः अनुसन्धान प्रतिवेदन आठ हजार वर्ष पुरानो मानव कंकालको अध्ययनले दूध पिउन थालेपछि मानिसको उचाइ बढ्न थालेको देखाएको छ। क्यानडाको वेस्टर्न युनिभर्सिटीका अनुसन्धानकर्ताले तीन हजारभन्दा बढी मानव कंकालको अनुसन्धानबाट उक्त निष्कर्ष निकालेका हुन्। आठ हजार वर्षअघि जब मानिसले ल्याक्टोजको उपभोग गर्नथाले त्यसपछि उचाइ वृद्धि हुन थालेको उनीहरुको अनुसन्धानले देखाएको हो। दूधले मानिसलाई अतिरित्त पोषण प्रदान गरेका कारण उचाइ वृद्धि भएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्