जनकपुरका दुई युवाको भारतमा अपहरणपछि हत्याः नेपालमा दुई र भारतमा तीन जना पक्राउ काठमाडौं, माघ ८। जनकपुरधाम उपमहानगरपालिका दुई युवा रोहित साह र विष्णु साहको भारतमा अपहरणपछि हत्या भएको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले २जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान रहेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए। भारतीय प्रहरीले घटनामा संलग्न भएको आशंकामा ३जनालाई पक्राउ गरेको उनले जनाए। तेह्रदिन अघिदेखि रोहित र विष्णु वेपक्ता भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्