सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त काठमाडौं, माघ ८। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ झुप्राखोलामा बा.प्र.०१०२६ च ९२१३ नम्बरको हाईलेक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गाडीका चालक सोही नगरपालिका–७ बस्ने २७ वर्षीय सागर शाहीसहित ४ जना रहेको भएको प्रहरीले जनाएको छ। उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले दुःख व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्