असमका मुख्यमन्त्रीले ‘को हुन् शाहरुख खान ?’ भनेपछि शाहरुखले राति दुई बजे फोन गरेर के भने ? मुम्बई, माघ ८। असमका मुख्यमन्त्री हिमन्त बिस्वा सर्माले बलिउड नायक शाहरुखले राती दुई बजे फोन गरेर फिल्म ‘पठान’ सम्बन्धी समस्या समाधान गर्न अनुरोध गरेको बताएका छन्। एकदिन अघि उनले पत्रकाहरुसँग शाहरुख खान र उनको फिल्म ‘पठान’ आफूले नचिन्ने जनाएका थिए। त्यसपछि शाहरुखले उनलाई फोन गरेका हुन्। फोनमा मुख्यमन्त्रीले ‘पठान’को रिलिजलाई लिएर आफ्नो राज्यमा कुनै समस्या नहुने वचन शाहरुखलाई दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्