कांग्रेस संस्थापनइतर पक्षको बैठकको निष्कर्षः राष्ट्रपति पाउने आशमा बस्ने हो कि प्रतिपक्षमा बस्ने स्पष्ट हुनुपर्ने काठमाडौं, माघ ८। नेपाली कांग्रेसको शेखर कोईराला पक्षको बैठकमा पार्टी राष्ट्रपति पाउने आशमा बस्ने हो कि प्रतिपक्षमा बस्ने स्पष्ट हुनुपर्ने निष्कर्ष निकालेको छ। आइतबार काठमाडौंमा बसेको संस्थापनइतरको बैठकले कांग्रेस पछिल्लो समय स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेको स्वीकारेको थियो। बैठकपछि कांग्रेस संस्थापनइतर पक्षका नेता चन्द्र भण्डारीले पार्टी कार्यकर्ता, मतदाता र नेताहरुमामा कांग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेको बारेमा छलफल भइरहेको जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्