युद्धग्रस्त राष्ट्र युक्रेनसँग पनि नेपालको व्यापार घाटा, पाँच महिनामा ६ अर्ब ३७ करोडभन्दा बढी घाटा काठमाडौं, माघ ८। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा युद्धग्रस्त राष्ट्र युक्रेनसँग नेपालको व्यापार घाटा ६ अर्ब ३७ करोड २९ लाख ६५ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले युक्रेनबाट ६ अर्ब ३७ करोड ३२ लाख ११ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। नेपालले भने पछिल्लो पाँच महिनामा मात्र २लाख ४६हजार रुपैयाँको वस्तु युक्रेन निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्