अमेरिकी राष्ट्रपति जो बाइडेनको घरबाट गोप्य दस्तावेज जफत वाशिङ्टन, माघ ८। अमेरिकी राष्ट्रपति जो बाइडेनको घरबाट गोप्य दस्तावेज जफत गरिएको छ। न्याय मन्त्रालयका अनुसन्धानकर्ताले राष्ट्रपतिको डेलावेयरस्थित घरबाट ६ वटा गोप्य दस्तावेज फेला पारेका हुन्। यो जानकारी राष्ट्रपति बाइडेनका वकिलले दिएका हुन्। शुक्रबार यस्ता दस्तावेज विलमिङ्ग्टनस्थित घरबाट पनि जफत गरिएको थियो। यी दस्तावेजहरु बाइडेन उपराष्ट्रपति र सिनेटर रहँदाका हुन्। राष्ट्रपति घरमा नभएको बेला १३घण्टा लगाएर उक्त अनुसन्धान गरिएको थियो।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्