कोभिड–१९ प्रभावित व्यावसायलाई दिइएको ८७ करोड ५० लाख कर्जा उठाउन बाँकी काठमाडौं, माघ ८। बैंकले कोभिड–१९ प्रभावित व्यावसायलाई निरन्तरता दिन दिइएको ८७लाख ५०हजार रुपैयाँ कर्जा उठाउन बाँकी रहेको छ। २०७९मंसिर मसान्तसम्ममा उक्त रकम बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको हो। ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि,२०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन,घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यावसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि उक्त कर्जा प्रवाह भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्