आज सोनाम ल्होछार मनाउँदै तामाङ समुदाय काठमाडौं, माघ ८। तामाङ समुदायले आज देशभर सोनाम ल्होछार पर्व मनाउँदै छन्। ल्होछारको अवसरमा काठमाडौंलगायतका स्थानमा मेला, महोत्सवको आयोजना गरिएको छ। आजको दिनलाई तामाङ समुदायले नयाँ वर्षको रुपमासमेत मनाउने गर्दछ। मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष शुरु भएको छ। आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष शुरु भएको छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गरिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्