विश्व आर्थिक मन्दीको असरः टेक कम्पनी धमाधम कर्मचारी कटौती गर्दै नयाँदिल्ली, माघ ६। विश्व आर्थिक मन्दीको असर प्रविधि कम्पनीहरुमा देखिन थालेको छ। विश्वका प्रमुख टेक कम्पनीहरुले अहिले धमाधम कर्मचारी कटौती गर्न थालेका छन्। गुगलको प्यारेन्ट्स कम्पनी अल्फाबेट इन्कले १२ हजार कर्मचारी कटौती गर्ने तयारी गरिरहेको बताइएको छ। यसअघि माइक्रोसफ्ट कम्पनीले १० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो। अमेजनले पनि यसअघि करिव १८ हजार कर्मचारीलाई निकाल्ने निर्णय लिइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्