उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगर र कांग्रेसकी मुक्ताकुमारी यादवद्वारा उम्मेदवारी दर्ता काठमाडौं, माघ ६। भोली हुने प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद इन्दिरा रानामगर र नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका छन्। शुक्रबार अपरान्ह संघीय संसद भवन पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन्। रानामगरलाई सत्तारुढ दलहरुको समर्थन गरहेको छ। कांग्रेसकी यादवलाई नेकपा(एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय जनमोर्चासहितका दलहरुको समर्थन छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्