महंगी बढ्दा नेपालीको घरमा भित्रने काजु र बदामको मात्रा घट्यो, पाँच महिनामा ५७ करोडभन्दा बढीको आयात काठमाडौं, माघ ६। महंगी बढ्दा नेपालीको घरमा भित्रने काजु/बदाम(आलमण्ड)को मात्रा घटेको छ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा विभिन्न देशबाट नेपालमा ५७करोड २०लाख रुपैयाँको ८ लाख २३ हजार ४०१ केजी काजु/बदाम भित्रिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा १ अर्ब ३२ करोड २१ लाख रुपैयाँको १८ लाख ५५ हजार १७ केजी काजु/बदाम भित्रिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्