दक्षिण कोरियाको राजधानीस्थित एक बस्तीमा भिषण आगलागी, नियन्त्रण गर्न सात हेलिकप्टर र ९ सय अग्निनियन्त्रक परिचालन सियोल। दक्षिण कोरियाको राजधानी सियोलस्थित एक बस्तीमा आज भिषण आलगागी भएको छ। आगलागीमा ६० भन्दा बढी घर जलिसकेको जनाइएको छ। अहिलेसम्म आगलागीमा परी कोही घाइते वा मृत्यु भएको सूचना प्राप्त नभएको स्थानीय प्रहरीले बताएको छ। उक्त क्षेत्रमा बाक्लो बस्तीमा भएका कारण आगलागी नियन्त्रण गर्न कठिन भइरहेको छ। आगलागी नियन्त्रणको लागि सात वटा हेलिकप्टर र ९सय जना अग्निनियन्त्रक परिचालन गरिएको छ।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्