सरकारले विभिन्न आन्दोलनका क्रममा जेलमा रहेका बन्दीहरू रिहाइ गर्न संसदमा विधेयक लग्ने काठमाडौं, माघ ६। सरकारले विभिन्न आन्दोलन÷संघर्षका क्रममा जेलमा रहेका बन्दीहरुलाई रिहाई गर्न संसदमा विधेयक लग्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज सिंहदरबारमा नेकपा(बहुमत)का नेताहरुसँगको भेटमा सो बताएका हुन्। ‘जनयुद्ध,थारु, मधेसलगायत विभिन्न आन्दोलन÷ संघर्षका क्रममा जेलमा रहेका बन्दीहरू रिहाइका विषयमा सरकार गम्भीर छ। यसअघि अध्यादेशमार्फत विधेयक ल्याउने भनिएकोमा अब संसद सञ्चालन भएकोले संसदबाट नै विधेयक गरेर अघि बढ्छौँ’ प्रधानमन्त्रीले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्