वैदेशिक रोजगार ऐन संशोधन गर्न सरकार तयारः प्रधानमन्त्री काठमाडौं, माघ ६। प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार ऐन संशोधन गरी वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताएका छन्। शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधरण सभालाई सम्बोधन गर्दै उनले यसक्षेत्रमा रहेको विकृति÷विसङ्गति रोक्न व्यवसायीहरुको सहयोग आवश्यकता रहेको औंल्याए। यो व्यवसायलाई सम्मानित पारदर्शी, प्रभावकारी बनाउने र अवाञ्छित तथा गलत क्रियाकलापहरुलाई निरुत्साहीत गर्ने प्रक्रियामा केही प्रगति भइरहेको उनले सुनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्