सभामुखको पहिलो निर्णय– नवनिर्वाचित सांसदहरुलाई संसदीय प्रक्रिया र अभ्याससम्बन्धी कार्यक्रम गर्ने काठमाडौं, माघ ८। प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका छन्। शुक्रवार सभामुखको पद तथा गोपनियताका शपथग्रहणपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्दै उनले नवनिर्वाचित सांसदहरुलाई संसदीय प्रक्रिया र अभ्याससम्बन्धी एक कार्यक्रम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए। ‘संसदलार्य नेपालीपनको हिसावबाट अझ बढी व्यवस्थित, क्रियाशिल, मर्यादित बनाउनको लागि प्रयत्न हुनेछ,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्