वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैनः श्रममन्त्री अर्याल काठमाडौं, माघ ६। श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको बताएका छन्। शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधरण सभामा बोल्दै उनले यसलाई सुरक्षित, मर्यादित, व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक रहेको औंल्याए। सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी, सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्