नेपालमा सैन्य गतिविधि हुन नदिने एमाले अध्यक्ष ओलीको प्रतिवद्धता, भने– भारत र चीनसँग असल सम्बन्ध कायम राख्न चाहन्छौं काठमाडौं, माघ ६। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताएका छन्। मुलुकको सार्वभौमिकता, स्वाधिनता र स्वतन्त्रतामाथि अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य गतिविधि मुलुकमा हुन दिन नहुने उनले जनाए। एमाले परराष्ट्र मामिला विभागले शुक्रबारबाट काठमाडौंमा सुरु गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले भारत र चीनसँग असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको पटकपटक दोहोर्‍याए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्