खाडीको सानो राष्ट्र जोर्डनसँग नेपालको व्यापार घाटा चुलियो, पाँच महिनामा घाटा ६ अर्ब ४२ करोड नाघ्यो काठमाडौं, माघ ६। चालु आर्थिक वर्ष (आ.व.) २०७९/८० को पहिलो पाँच महिनामा जोर्डनसँग नेपालको व्यापार घाटा ६अर्ब ४२करोड ३४लाख ६०हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार अघिल्लो आ.व.२०७८/७९ को सोही अवधिमा जोर्डनसँग व्यापार घाटा २करोड ६लाख ७३हजार रुपैयाँ रहेको थियो। यसवर्ष नेपालले जोर्डनबाट ६अर्ब ४२करोड ४०लाख २१हजार रुपैयाँको वस्तु आयात गरेको भने जोर्डनमा ५लाख ६१हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्