चौध वर्षमा वैदेशिक रोजगारीमा गएका ११ सय ८७ जना नेपालीले गरे आत्महत्या काठमाडौं, माघ ६। बितेको १४ वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार १८७ जना नेपालीले आत्महत्या गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आर्थिक वर्ष सन् २००८/०९ देखि २०२१/२२ सम्मको अवधिमा उनीहरुले आत्महत्या गरेका हुन्। आर्थिक वर्ष २०१७/१८ मा सबैभन्दा बढी १३२ जनाले आत्महत्या गरेका थिए। प्रत्येक वर्ष औषतमा ८४.७८ जना नेपालीले वैदेशिक रोजगारीमा रहँदा आत्महत्या गर्ने गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्