हलिउड अभिनेता एलेक बाल्डविनमाथि हत्याको मुद्दा चलाइने वासिङ्टन, माघ ६। हलिउड अभिनेता एलेक बाल्डविनमाथि हत्याको मुद्दा चलाउने तयारी गरिएको छ। एलेकले एक फिल्मको शुटिङ्मा सिनेमाटोग्राफर हेलिना हन्चिसमाथि ‘प्रप गन’ (शुटिङ् प्रयोग हुने)ले गोली चलाउँदा उनको मृत्यु भएको थियो। २०२१ अक्टोबरमा भएको उक्त घटनाका कारण एलेकमाथि मुद्दा चलाउन लागिएको हो। अभियोग प्रमाणित भए एलेकलाई १८ महिना जेल सजाय र पाँच हजार अमेरिकी डलर जरिवाना हुनसक्ने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्