सभामुख घिमिरेले त्यागे एमालेको सदस्यता, राष्ट्रपतिबाट लिए पद तथा गोपनियताको शपथ काठमाडौं, माघ ६। सभामुख देवराज घिमिरे पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार विहान आयोजित एक समारोहबीच उनले पद तथा गोपनियताको सपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी थिइन्। घिमिरे बिहीबार प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका थिए। उनले आज नै एक विज्ञप्ति जारी गर्दै आफूले नेकपा एमालेको सदस्यता त्यागेको घोषणा गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्