सत्ता गठबन्धनले उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगरलाई उठाउने काठमाडौं, माघ ६। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ। शुक्रवार रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो नर्णय गरेको हो। उपसभामुखको उम्मेदवारका रुपमा पार्टीकी सांसद सोविता गौतम प्रस्तावक रहने जनाइएको छ। झापाकी मगर समानुपातिक सांसद हुन्। उपसभामुखमा यसअघि सांसद सोविता गौतमको चर्चा भएपनि पार्टीले भने मगरलाई अघि सारेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्