मौसम खराबका कारण काठमाडौंमा विमान अवतरण हुन सकेनन् काठमाडौं, माघ ६। काठमाडौंमा मौसम खराब भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)मा विमान अवतरण हुन सकेको छैन। भिजिविलिटी कम भएका कारण आन्तरित तथा अन्तर्राष्ट्रि विमानहरु टीआइएमा अवतरण हुन नसकेका हुन्। विमानहरुलाई अन्यत्र डाइभर्ट गरिएको टिआइएले जनाएको छ। मलेसियाको क्वालम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमानलाई कोलकाता डाइभर्ट गरिएको छ। विहान नेपालगन्जबाट काठमाडौंलाई उडेको श्री एयरको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्