प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा काठमाडौं, माघ ६। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृत्युपश्चात आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन्। शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मृर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त घोषणा गरेका हुन्। प्रधानमन्त्रीले भने, ‘मेरो मृत्युपश्चात सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्