राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिने, ओलीले भने– हाम्रो उम्मेदवारमा राष्ट्रिय सहमती हुनुपर्छ काठमाडौं, माघ ५। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने र त्यसमा राष्ट्रिय सहमती हुनुपर्ने बताएका छन्। अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमती भएको समेत स्पष्ट पारे। सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले राष्ट्रपति को बन्नेबारे पछि बताउने जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्