राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने प्रयास जारीः प्रधानमन्त्री काठमाडौं, माघ ५। प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने प्रयास जारी राख्ने बताएका छन्। बिहीवार संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले समय बाँकी रहेकोले राष्ट्रपतिबारे समझदारी गर्ने प्रयास जारी राख्ने जनाए। सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन प्रयास गरिरहेको उनले बताए। उपसभामुखको निर्वाचनमा पनि आजकै प्रक्रिया अनुसार सत्ता गठबन्धन अगाडि बढ्ने उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्