देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरिब जनतासम्म पुगेको छैनः स्वास्थ्यमन्त्री गिरी काठमाडौं, माघ ५। स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न सम्बन्धित निकायहरु एकतावद्ध भएर काम गर्नुको विकल्प नरहेको बताएका छन्। बिहीवार वीर अस्पतालमा क्याथ ल्याबको उद्घाटन गर्दै उनले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरिब जनतासम्म नपुगेको जनाए। स्वास्थ्य सेवाको पहुँच बिस्तार गरी गुणस्तरीय सेवा प्रवाहका लागि नीतिगत सुधार गरेर अघि बढ्ने प्रतिवद्धता उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्