सरकारी खर्च घटाउन अर्थ मन्त्रालयले ल्याएको मापदण्डमा के के छ ? काठमाडौं, माघ ५। अर्थ मन्त्रालयले सरकारी खर्च घटाउन ल्याएको नयाँ मापदण्डमा अत्यावश्यक बाहेकका स्वदेश÷विदेश भ्रमण निरुत्साहित गर्ने उल्लेख छ। सवारी साधन सर्भिसिङ गर्दा आवश्यक मात्र मोविल/लुब्रिक्यान्ट फेर्ने, सामान स्टक राख्ने, सकेसम्म पर्दा/कार्पेट/फर्निचर नयाँ नकिन्ने कुरा पनि मापदण्डमा राखिएको छ। पुस्तक/पर्चा छाप्न निरुत्साहन गर्ने, अतिआवश्यक बाहेकका सेमिनार नगर्ने, अति आवश्यक विना एसि/हिटर/पंखाको प्रयोग नगर्ने, बोतलको पानी निरुत्साहन गर्ने मापदण्डमा समेटिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्