जसपा चाँडै सरकारमा आउने, एमाले सचिव भट्टराईले भने– मन्त्रालय छुट्याएर राखिएको छ काठमाडौं, माघ ५। नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी(जसपा) चाँडै सरकारमा आउने बताएका छन्। बिहीवार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भट्टराईले जसपाको लागि मन्त्रालय छुट्याएर राखिएकाले चाँडै सरकारमा आउने दाबी गरे। जसपाका केही मागहरु सम्बोधन गर्नुपर्ने रहेको र त्यसलाई शीर्ष नेताहरु बसेर मिलाउने समेत उनले जनाए। वर्तमान गठबन्धन कांग्रेस असफल भएपछि बनेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्