राष्ट्रपतिका लागि समर्थन जुटाउने प्रयासमा लाग्छौँः प्रदीप पौडेल काठमाडौं, माघ ५। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताएका छन्। बिहीवार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले अहिलेसम्म राष्ट्रपतिको लागि सहमति नभएकाले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने जनाए। गठबन्धन कायम रहि रहेको अवस्थामा कंँग्रेसले आफ्नो उम्मेदवारहरुलाई जिताउन मुस्किल भएपनि उम्मेदवारी दिएर समर्थन जुटाउन खोज्नु स्वाभाविक भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्