सभामुख घिमिरेले गरे निष्पक्ष र तटस्थ भई कार्यसम्पादन गर्ने प्रतिबद्धता, भने– संसदलाई चुस्त बनाएर अघि बढ्छु काठमाडौं, माघ ५। नवनिर्वाचित सभामुख देवराज घिमिरेले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकबाट सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भई कार्यसम्पादन गर्ने बताए। बिहीबार सभामुखको लागि भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरेले १६७ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्