बाह्रबिसे नगरपालिकाले किसानलाई गोरु पाल्न दियो १० हजार अनुदान सिन्धुपाल्चोक, माघ ५। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरका कृषकलाई गोरु पाल्न प्रोत्साहनस्वरुप अनुदान दिएको छ। नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिएको हो। नगपालिकाले ७७६ बढी किसानलाई प्रतिहल १० हजार रुपैयाँ अनुदान वितरण गरेको हो। नगरपालिकाले कृषि क्षेत्रलाई अग्र्यानिक प्रर्वद्धन गर्ने उद्देश्यले गोरुपालक किसानलाई अनुदान दिएको नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए। नगरपालिकाले किसानलाई गोरुको अनिवार्य बीमासहित अनुदान दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्