उपसभामुख पदको निर्वाचन माघ ७ गते हुने काठमाडौं, माघ ५। प्रतिनिधि सभामा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिवार हुने भएको छ। प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले सो घोषणा गरेका हुन्। उनले प्रतिनिधि सभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न पनि संसद सचिवालयलाई निर्देशन दिएका छन्। आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्