संसदमा चित्रबहादुर केसीको प्रश्न– गृहमन्त्री र सहरी विकास मन्त्रीको के छ रेकर्ड ? काठमाडौं, माघ ५। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार र सत्तारुढ दलहरुको गतिविधिले मुलुक धरापमा पर्ने अवस्था आएको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गृहमन्त्री रवि लामिछाने र सहरी विकासमन्त्री विक्रम पाँण्डेको नामै लिएर उनीहरुको रेकर्ड हेरेर पनि मुलुक संकटमा पर्ने दाबी गरे। उनले लोकतन्त्र र गणतन्त्र धरापमा पर्ने अवस्था आएकाले शक्ति केन्द्रहरुले खेल्न सक्ने अवस्था रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्