सभामुखको लागि प्रतिनिधि सभामा मतदान सुरु काठमाडौं, माघ ५। प्रतिनिधि सभामा सभामुख पदका लागि मतदान सुरु भएको छ। सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिष्पर्धामा छन्। घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला छन्। २७५सदस्य रहेको प्रतिनिधि सभामा सभामुखमा निर्वाचित हुन १३८मत आवश्यक पर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्