पाँच महिनामा नेपालले आयात गर्यो एक अर्ब ४३ करोडभन्दा बढीको चुरोट र सूर्तीजन्य पदार्थ काठमाडौं, माघ ५। नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा विभिन्न देशबाट १अर्ब ४३करोड ७६लाख ८२हजार रुपैयाँको चुरोट, सूर्ती र सूर्तीजन्य पदार्थ आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा ४लाख १०हजार ४५० स्टीक चुरोट र ३३लाख ७३हजार ३८७ केजी सूर्ती तथा सूर्तीजन्य पदार्थ नेपाल भित्रिएको छ। यस्ता वस्तु भारत, चीन,ताइवान, मलेसिया लगायतका देशबाट नेपालमा आउने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्