उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर ओलीले प्रधानमन्त्री दाहाललाई पिँजडामा राख्न खोजेः विश्वप्रकाश शर्मा काठमाडौं, माघ ५। नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडामा राख्न खोजेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर प्रधानमन्त्री दाहाललाई पिँजडामा राख्न खोजेको बताए। ढोक्सा र माछाको कथा हालेर सरकारलाई पिँजडा भित्र कैद गर्ने प्रयास नगर्न उनले ओलीलाई आग्रह समेत गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्