कांग्रेसकै कारण यसअघि सर्वसम्मत राष्ट्रपति चयन हुन सकेनः योगेश भट्टराई काठमडौं, माघ ५। नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली कांग्रेसकै कारण २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा हुन नसकेको बताएका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुनुपर्ने भएपनि कांग्रेसका कारण हुन नसकेको दाबी गरे। कांग्रेस इतिहासमा हेर्ने हो भनेपनि सबैभन्दा लाभ लिने र अरुलाई हस्तान्तरण नगर्ने दलको रुपमा रहेको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्