सभाले खोजेको सभामुख ईश्वरी न्यौपाने होः प्रकाश ज्वाला काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताएका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा न्यौपानेको पक्षमा पार्टी रहने भन्दै समर्थनमा उनले न्यौपानेलाई सबै दलहरुले मत दिएर जिताउनुपर्ने जनाए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई झैँ कांग्रेस सभामुख उम्मेदवार न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्ने बताए। संसदले न्यौपानेलाई जिताए सभाले खोजेको सभामुख पाउने दाबी उनले गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्