देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्रः मन्त्री लिङदेन काठमाडौं, माघ ५। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गरेका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले घिमिरे सभामुख पदको सुयोग्य पात्र भएको बताए। ‘देवराज घिमिरे साधा जीवन व्यतित गर्ने व्यक्तित्व हुनुहुन्छ । यो सभामुख जस्तो गरिमामय पदको लागि सुयोग्य पात्र हुनुहुन्छ,,’ उनले भने। मन्त्री लिङदेनले सभामुखका उम्मेदवारलाई नजिकबाट चिनेको दाबी समेत गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्