प्रधानमन्त्री दाहालले शिक्षण अस्पताल पुगी विमान दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग गरे भेट काठमाडौं, माघ ५। प्रधानमन्त्री पुष्पकमल दाहालले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए। उनले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्दै मृतकका आफन्तसँग भेटघाट गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्