न्यूजल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले आगामी महिना राजीनामा दिने वेलिङ्टन, माघ ५। न्युजल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले पद छोड्ने घोषणा गरेकी छन्। उनले आगामी फेब्रुअरी ७ मा राजीनामा दिने बताएकी हुन्। ६ वर्ष प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी उनले आगामी चार वर्षको लागि देशलाई योगदान दिन केही बाँकी नरहेको जनाउँदै राजीनामा गर्ने जनाएकी हुन्। उनले आगामी निर्वाचनमा समेत उम्मेदवारी नदिने स्पष्ट पारेकी छन्। सन् २०१७ मा ३७वर्षको उमेरमा उनी प्रधानमन्त्री बनेकी थिइन्।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्