डा. रुइतलाई बधाई दिंदै प्रधानमन्त्री दाहालले भने– उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ काठमाडौं, माघ ५। प्रधानमन्त्री पुष्पकमल दाहालले डा.सन्दुक रुइतलाई बधाई दिंदै उनको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्,‘वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइतले इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछु। मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।’ डा.रुइतले बुधबार आफू राष्ट्रपति बन्न इच्छुक नरहेको बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्