संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै काठमाडौं, माघ ५। संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधि सभाको आजको बैठक बिहान ११ बजेबाट सुरु हुनेछ। बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने छन्। त्यस्तै प्रतिनिधि सभामा आज सभामुख पदको निर्वाचन पनि हुनेछ। राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजेबाट सुरु हुनेछ। बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्