सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा आज हल्का वर्षा हुने काठमाडौं, माघ ५। जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा हुने जनाएको छ। हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्