सभामुखको निर्वाचन आज, देवराज घिमिरे र ईश्वरी न्यौपानेमध्ये कसले मार्ला बाजी ? काठमाडौं, माघ ५। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सभामुखका लागि आज निर्वाचन हुँदैछ। निर्वाचन बिहान ११ बजेबाट शुरु हुनेछ। सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्