विमान दुर्घटनामा हराइरहेका थप एक जनाको शव भेटियो, हराइरहेका एक जनाको खोजी जारी काठमाडौं, माघ ४। पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटना हुँदा मृत्यु हुने थप एक जनाको शव आज भेटिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार शवलाई हेलिकप्टरमा काठमाडौं ल्याई पोस्टमाटमको लागि शिक्षण अस्पतालमा बुझाइएको छ। विमानमा रहेका ७२ मध्ये ७१ जनाको शव भेटिएको छ। बाँकी एक जना यात्रुको खोज तलास जारी रहेको कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्