बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० महिनाको वस्तु आयात मात्र धान्ने काठमाडौं। पछिल्लो पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०महिनाको वस्तु आयात र ८.७महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७९मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः २६.६प्रतिशत,७२.६प्रतिशत र २३प्रतिशत रहेका छन्। विदेशी विनिमय सञ्चिति १२खर्ब ९२अर्ब ५६करोड रुपैयाँ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्